सि-आश्वा शुल्क घटाउने बोर्डको निर्णय, अब ५ रुपैयाँ भन्दा बढी नलाग्ने

अधिकतम शुल्क ५ रुपैयाँ तोकिएपनि सोभन्दा कम लिन सक्ने वा निःशुल्क पनि गर्न हमालले बताए

सि-आश्वा शुल्क घटाउने बोर्डको निर्णय, अब ५ रुपैयाँ भन्दा बढी नलाग्ने

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि-आश्वा शुल्क घटाउने निर्णय गरेको छ ।

आइतबार बसेको बोर्डको सञ्चालक समिति बैठकले सि-आश्वा शुल्क अधिकतम ५ रूपैयाँ तोक्ने निर्णय गरेको हो ।

सोमबार आयोजित एका कार्यक्रममा बोर्डका अध्यक्ष रमेश कुमार हमालले ५ रुपैयाँ भन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरिएको र यो निर्णय तुरुन्तै कार्यान्वयनमा ल्या आउने जानकारी दिए । 

अब बैंक तथा वित्तीय संस्थाहरूले आईपीओ भर्ने आवेदकहरूबाट सि-आश्वा शुल्क बापत बढीमा ५ रूपैयाँ मात्र लिन पाउनेछन् । अधिकतम शुल्क ५ रुपैयाँ तोकिएपनि सोभन्दा कम लिन सक्ने वा निःशुल्क पनि गर्न हमालले बताए ।

अहिले बैंक तथा वित्तीय संस्थाहरूले सि(आश्वा शुल्कबापत १० देखि १०० रुपैयाँसम्म लिने गरेका छन् । कुमारी, नबिल, राष्ट्रिय वाणिज्य र एनआईसी एसिया लगायतका चार वटा बैंकले भने सि(आश्वा सेवा निशुल्क प्रदान गर्दै आइरहेका छन् ।

सि-आश्वा शुल्कका कारण लगानीकर्ता मारमा परेको गुनासो आएपछि यस्तो निर्णय गरिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए । 

उनका अनुसार सेयर आवेदन हुँदा संकलन हुने ५ रुपैयाँ मध्ये १ रुपैंया बिक्री प्रबन्धकले र १ रुपैयाँ केन्द्रिय निक्षेप प्रणालीले पाउनेछन् ।

खबरपाटी
खबरपाटी