टर्की भूकम्पः मृत्यु हुनेको संख्या २० हजार पुग्यो

भूकम्पमा परी मृत्यु भएको २० जार मध्ये १७ हजार टर्कीका रहेका छन् भने तीन हजारभन्दा बढी सरियाका रहेका छन्

टर्की भूकम्पः मृत्यु हुनेको संख्या २० हजार पुग्यो

टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २० हजारभन्दा बढी पुगेको छ।

समाचा‍र एजेन्सी रोयटर्सका अनुसार भूकम्पमा परी मृत्यु भएको २० जार मध्ये १७ हजार टर्कीका रहेका छन् भने तीन हजारभन्दा बढी सरियाका रहेका छन्।

टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान बिहान ७.५ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पले करिब ६ हजार भवनमा क्षति पुर्‍याएको छ। यद्यपि, संयुक्त राष्ट्र संघले भूकम्पबाट भएको क्षतिको तस्बिर अझै स्पष्ट नभएको जनाएको छ।

भूकम्पपछि टर्कीमा आपतकालको घोषणा गरिएको छ। टर्कीको राजधानी अंकारासहितका सहरहरूका साथै लेबनान, सिरिया, साइप्रससम्म पनि भूकम्पको धक्का महसुस भएको थियो।

दुवै देशमा द्रुत गतिमा राहत र उद्धारको काम भइरहेको छ।

यसैबीच, भूकम्पबाट बाँचेका हजारौँ जनताका लागि अत्यधिक चिसो नयाँ चुनौती बनेको छ। यहाँ बस्ने ठाउँका साथै खानेकुराको चरम अभाव छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले यस प्रकोपको पूर्ण तस्बिर अझै नआएको उल्लेख गर्दै विशेषगरी सिरिया केही वर्षदेखि गृहयुद्धबाट पीडित र पहिलेदेखि नै दुःखको सामना गरिरहेको बताएका छन्।

खबरपाटी
खबरपाटी