अर्थमन्त्री महत र गभर्नर अधिकारी बिच भेटवार्ता
२१ चैत २०७९, मङ्गलवार
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ६०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।
महासंघले बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम गरिएको छ। बुधबार सुन १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २८५ रुपैयाँ निर्धारण गरिएको छ। जुन बुधबारको तुलनामा ५ रुपैयाँ घटेको हो। बुधबार चाँदीको कारोबार प्रति तोला १ हजार २९० रुपैयाँमा भएको थियो।