कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा दायर
२२ भदौ २०७९, बुधवार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय वीरगञ्ज पर्साले नक्कली सुन देखाएर ठगी गर्ने ४ जनालाई पक्राउ गरेको छ । ठगी आरोपमा सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १० बस्ने रामबिर चौधरी, सोहि नगरपालिका वडा नं. ६ कका लालबाबु राय यादव, वडा नं. १८ बस्ने राकेश कुर्मी र वडा नं. १७ का अवधेश कुमार राय पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट एउटा सेतो स्कारपियो, सुनको जलप भएको बिस्कुट आकारको एक थान पहेलो धातु बरामद गरिएको छ । उनीहरुले नक्कली सुन देखाएर ठगी गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनीहरुबाट बरामद गरिएको सुन परिक्षणको लागि वीरगञ्ज सुन चाँदी व्यवसायी संघ माइस्थान पठाइएको थियो । उक्त सुन परिक्षण गर्दा सुन नभएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।