मोरङमा एक महिलाको हत्या आरोपमा ४ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मोरङले एक महिलाको हत्या आरोपमा ४ जनालाई पक्राउ गरेको छ।

मोरङमा एक महिलाको हत्या आरोपमा ४ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङले एक महिलाको हत्या आरोपमा ४ जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका–१९ की २८ वर्षीया प्रियंका सुनारको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरुमा मोरङको कटहरी गाउँपालिका–५ का ३५ वर्षीय उमेश सरदार,६२ वर्षीय रमानन्द राम, विराटनगर महानगरपालिका–७ का ५३ वर्षीय श्रीराम चौधरी र विराटनगर–१९ का २९ वर्षीय रमेश साह रहेका छन्। 

पक्राउ परेकामध्ये रमेश मृतक प्रियंकाका श्रीमान् रहेको प्रहरीले जनाएको छ। सोमबार मध्यान्ह १२ बजेर १० मिनेटमा बुढीगंगा गाउँपालिकाको वडा नम्बर २ अमाहीका नरसिंह चौधरी ग्वालीघरमा शव भेटिएको थियो। 

खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट डिएसपीको कमाण्डमा अनुसन्धान टोली खटिएको थियो। सोधपुछका क्रममा प्रियंकका श्रीमान्‌सँगै अन्यको पनि हत्यामा संलग्नता भएको आशंका लागेपछि अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

खबरपाटी
खबरपाटी