विन्ध्यवासिनी म्युजिकका सञ्चालक रेग्मीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

विन्ध्यवासिनी म्युजिकका सञ्चालक रेग्मीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काटमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

प्रहरीको केन्द्रीय साइबर ब्यूरोले थाइल्याण्डबाट नेपाल आइपुगेका रेग्मीलाई विमानस्थलबाटै पक्राउ गरेको थियो । विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै गीतकार महेशचन्द्र आचार्यले उनीविरुद्ध ब्यूरोमा उजुरी दिएका थिए । रेग्मीले अन्य व्यक्तिको पनि चरित्रहत्या गरेको आचार्यले उजुरीमा उल्लेख गरेका छन् ।  
 

खबरपाटी
खबरपाटी