काठमाडौं । यस साता निरन्तर ओरालो लागेको शेयर बजार बुधबार भने केहि सम्हालीएको थियो । तर, राष्ट्र बैंकको लघुवित्त प्रतिको निति र लघुवित्त सम्बन्धी मिडियामा देखिएको समाचारले लघुवित्तका ग्राहक सहित लगानीकर्ताहरु हत्तोसाहित भएका छन् ।
साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार परिसूचक नेप्से अर्धशतकीय अंकले घटेको छ । बिहीबार शेयर बजार परिसूचक नेप्से ५७ दशमलव ७४ अंकले घटेर २०२२ दशमलव ६४ अंकको विन्दुमा बजार बन्द भएको छ ।
जम्मा १४ कम्पनीको शेयर मूल्य बढ्दा २०३ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ जसमा ५७ लघुवित्त कम्पनीहरुको शेयर मूल्य घटेको छ । एक मात्र स्वाभिमान लघुवित्तको शेयर भने २२ रुपैयाँले बढेको छ ।
शेयर बजारका सम्पूर्ण उपसूचकहरु पनि राताम्मे देखिएका छन् । जसमा लघुवित्त उपसूचकको शेयर ९ दशमलव ५४ प्रतिशतले घटेको छ । ४१२ अंक ओरालो लागेको लघुवित्तलाई पछ््याउँदै होट्लस तथा पर्यटन उपसमुहको सूचक ३ दशमलव ०८ प्रतिशतले घटेको छ ।
बिहीबार २ सय ६० कम्पनीको ४८ हजार १ सय ५ पटकको कारोबारमा ६३ लाख २६ हजार १०५ कित्ता शेयरहरुको खरिदविक्रि भएको छ । उक्त, कित्ताको कारोबार हुँदा बिहीबार २ अर्ब ५२ करोड २७ लाख १३ हजार १ सय ५३ रुपैयाँ ८८ पैसा बराबरको कारोबार भएको छ ।
बिहीबार छिमेक लघुवित्तको सर्वाधिक १ हजार ४६८ पटकमा ८ करोड ७० लाख ७३ हजार ३२ रुपैयाँ बराबरको करोबार भएको छ भने शेयर संख्याका आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सर्वाधिक २ लाख ७६ हजार ७५८ कित्ता शेयरको खरिदविक्रि भएको छ ।
बिहीबारको गिरावटमा नेप्सेको क बजार पूँजीकरण पनि ३० खर्बको विन्दु भन्दा तल झरेको छ । आजको बजार बन्दहुँदा नेप्सेको कुल बजार पूँजीकरण २९ खर्ब १४ अर्ब ९८ करोड ९ लाख १० हजार ९१४ रुपैयाँ ६ पैसा कायम भएको छ ।