हाल देखिएको रुघा र ज्वरोको कारक ‘एचथ्रीएनटू’भाइरस

इन्डियन मेडिकल एसोसिएसन (आईएमए) का अनुसार अहिले फैलिरहेको मौसमी ज्वरो पाँचदेखि सात दिनसम्म रहन्छ

हाल देखिएको रुघा र ज्वरोको कारक ‘एचथ्रीएनटू’भाइरस

नयाँ दिल्ली । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का विज्ञहरूले देशमा विगत दुई–तीन महिनादेखि फैलिरहेको चिसो, खोकी र ज्वरोको कारण एक प्रकारको इन्फ्लुएन्जा भाइरस भएको बताएका छन् ।

आईसीएमआरको भाइरस अनुसन्धानसँग सम्बन्धित एक संस्थानका वैज्ञानिकहरूले भनेका छन् कि विगत दुई–तीन महिनादेखि देशमा इन्फ्लुएन्जा भाइरसको ए सबटाइप एनथ्रीएनटूका धेरै केसहरू रिपोर्ट गरिएको छ, जसका कारण अस्पतालहरूमा बिरामीहरूको संख्या बढेको छ। 

यसैबीच, इन्डियन मेडिकल एसोसिएसन (आईएमए) का अनुसार अहिले फैलिरहेको मौसमी ज्वरो पाँचदेखि सात दिनसम्म रहन्छ। आईएमएले रुघाखोकी र फ्लूका बिरामीले परामर्श बिना एन्टिबायोटिकको प्रयोग नगर्न आग्रह गरेको छ ।

आईएमए भनेको छ, ‘मानिसहरूले एजिथ्रोमाइसिन र एमोक्सिक्लाभ जस्ता एन्टिबायोटिक्स लिने र निको भएपछि औषधि खान छोड्ने गरेको पाइएको छ। यसलाई तुरुन्तै रोकिनुपर्छ किनभने यसले शरीरमा एन्टिबायोटिक प्रतिरोधी क्षमता बढाउँछ।’
 

खबरपाटी
खबरपाटी