सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै

गत माघ २६ गते प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले उनी मुख्यमन्त्री नियुक्त भएका थिए। संविधान अनुसार, मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल शाहले आइतबार विश्वासको मत लिँदैछन्। सोही प्रयोजनका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।

गत माघ २६ गते प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले उनी मुख्यमन्त्री नियुक्त भएका थिए। संविधान अनुसार, मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

राष्ट्रपतिको निर्वाचनलाई लक्षित गरेर संघमा ८ दलबीच गठबन्धन बनेपछि मुख्यमन्त्री शाहले सोही गठबन्धनका दलहरुबाट विश्वासको मत पाउने अपेक्षा गरेका छन्। तर, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने वा नदिने अन्यौल छ। उनीहरुले लिखित सहमतिको माग गरेका छन्।

५३ सदस्यीय सुदूरपश्चिममा कांग्रेसको १९, माओवादी केन्द्रको ११, एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, एकीकृत समाजवादीको ४, राप्रपाको १ र स्वतन्त्र सांसद १ सिट छ।

यसअघि एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए। तर उनले विश्वासको मत पाउन सकेका थिएनन्।

खबरपाटी
खबरपाटी