चीनले रक्षा बजेट ७ दशमलव २ प्रतिशतले बढाएर २२५ अर्ब अमेरिकी डलर पुर्याएको छ।
चीनले रक्षा बजेट बढाएपछि क्वाडका सदस्य राष्ट्रहरू भारत, अमेरिका, अष्ट्रेलिया र जापान सशंकित भएका छन्। रक्षा खर्च बढाउने चीनको यस कदमले बढ्दो सैन्य खर्च र अर्थतन्त्रको आकार हेरेर क्वाड सदस्यहरूले आफ्नो रक्षा बजेट पनि बढाउने भएका छन्।
रुस–युक्रेन युद्धमा चीनले रुसलाई समर्थन गरेपछि भारतसहित क्वाड सदस्य राष्ट्र अझ चिन्तित भएका छन्। आगामी मार्च ८ देखि ११ सम्म भारतमा क्वाड राष्ट्रहरूको बैठक बस्दैछ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र जापानी प्रधानमन्त्री फुमियो किसिदा पनि बैठकमा सहभागी हुन भारत आउँदै छन्। बैठकमा चीनको रक्षा बजेटका सम्बन्धमा थप छलफल हुने अनुमान गरिएको छ।
चीनको रक्षा बजेट भारत ९७३ अर्ब अमेरिकी डलर० को, अष्ट्रेलिया ९४८ दशमलव ७ अर्ब अमेरिकी डलर० को र जापान ९५१ अर्ब अमेरिकी डलर० कोभन्दा निकै बढी रहेको छ।