नेपाली कलाकारहरुलाई रजतपटले चिन्दैन भने कलाकार चिन्ने जिम्मा कस्को ?
७ चैत २०७९, मङ्गलवार
काठमाडौं । अभिनेता अनमोल केसीको ग्याङस्टार फिल्म २.० छड्के मल्टिप्लेक्स हलबाट उत्रिएको छ।
यो फिल्मलाई देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले रिलिजको छैटौं दिनमा नै उतारेको हो। अन्य मल्टिप्लेक्स हल बिग मुभिज र वान सिनेमाजले एक एक शो उपलब्ध छ।
अनमोलको छैटौं दिनमा हलबाट उत्रिएको यो पहिलो फिल्म हो। जसको अर्थ अनमोलको करियरको उक्त फिल्म महाफल्पको ट्यागसहित हलबाट उत्रिएको हो ।
यसैदिन प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा ४’ ले बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ। अनमोलको फिल्मले निराशाजनक कमाइ गरेपछि हलबाट उतारिएको हो।
वितरक सुनिल मानन्धरका अनुसार फिल्मले अहिलेसम्म ३० लाख रूपैयाँ कमाएको छ। यो फिल्म करिब ३ करोड लगानीमा बनेको हो।