सिटी एक्सप्रेस मनि ट्रान्सफर बन्यो मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजक

सिटी एक्सप्रेस मनि ट्रान्सफर मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजक रहने भएको छ।

सिटी एक्सप्रेस मनि ट्रान्सफर बन्यो मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजक

काठमाडौं। सिटी एक्सप्रेस मनि ट्रान्सफर मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजक रहने भएको छ।

कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने ‘सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लब यही चैत्र २ गतेदेखि नियमित रुपमा सुचारु हुनेछ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरको कार्यालयमा मुन्द्रेको कमेडी क्लबका निर्माता कि इन्टरटेन्मेन्ट र सिटी एक्सप्रेस मनि ट्रान्सफरबिच मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहने सम्झौतामा हस्ताक्षर भएको छ।

सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लब हरेक बिहिबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण गरिनेछ। यस कार्यक्रमका मुख्य पात्रको रुपमा चर्चित हाँस्य कलाकार जितु नेपाल र नायिका प्रियंका कार्की रहेका छन् भने कलाकारहरू दमन रुपाखेति, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटा रहेका छन्। कार्यक्रमको निर्देशन दिनेश डिसीले गर्ने भएका छन्।

सिटी एक्सप्रेसले १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान हुने गरेको छ।
कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधा पनि प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ।
 

खबरपाटी
खबरपाटी