चिनियाँ कम्युनिष्ट पार्टी र विश्व राजनीतिक दलहरूबीचको  छलफल  बुधवार हुने

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र विश्वभरका अन्य राजनीतिक दलहरूबीच बुधवार भिडियो लिङ्कमार्फत वार्ता हुने चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले बताउनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी र विश्व राजनीतिक दलहरूबीचको  छलफल  बुधवार हुने

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र विश्वभरका अन्य राजनीतिक दलहरूबीच बुधवार भिडियो लिङ्कमार्फत वार्ता हुने चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले बताउनुभएको छ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिन फिङले बेइजिङमा आयोजना हुने विश्व राजनीतिक दलहरूबीचको उच्चस्तरीय बैठकमा चिनियाँ कम्युनिष्ट पार्टीको उद्घाटन समारोहमा भाग लिने र मुख्यवक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको हुले बताउनुभयो।
ूआधुनिकीकरणतर्फको बाटोस् राजनीतिक दलहरूको दायित्वू भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा विभिन्न देशका राजनीतिक दल र राजनीतिक सङ्गठनका नेताहरू भेला हुने पनि  हुले बताउँनु भएको छ ।
सन् २०१७ मा चीनले बेइजिङमा  यस किसिमको पहिलो संवादको आयोजना गरेको थियो। रासस

खबरपाटी
खबरपाटी