केन्या र इटाली बीच नयाँ सम्झौता

केन्या र इटाली सरकारहरूले मङ्गलवार विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको विस्तारका लागि द्वीपक्षीय सम्झौता गरेका छन् ।

केन्या र इटाली बीच नयाँ सम्झौता

 काठमाडौं । केन्या र इटाली सरकारहरूले मङ्गलवार विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगको विस्तारका लागि द्वीपक्षीय सम्झौता गरेका छन् । केन्याको राजधानी नैरोबीमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । केन्याका राष्ट्रपति विलियम रुटो र इटालीका राष्ट्रपति सर्जियो माटारेल्लाको सपस्थितिमा हस्ताक्षर भएको उक्त सम्झौताले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई बढावा दिने अपेक्षा गरिएको छ।
ूहामीले एक सम्झौतामा हस्ताक्षर गरेका छौं जस मार्फत हाम्रा दुई देशहरूले स्वास्थ्य क्षेत्रमा सुधारका कार्यक्रम कार्यान्वयन गर्न र सुधारिएको औषधि उत्पादनमा सहयोग पुग्ने विश्चास गरिएको छ, हस्ताक्षर समारोहपछि जारी विज्ञप्तिमा भनिएको छ। रुटोले देशको उत्तरपश्चिमी भागमा दुईवटा बाँध निर्माणका लागि दुई देशले पुनः सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ । यी परियोजनाहरू खाद्य सुरक्षाका निम्ति पनि त्यत्तिकै महत्वपूर्ण छन् ।
यसैगरी दुवै देशले व्यापार र लगानीलाई प्रोत्साहन गर्न गैर(करका अवरोधहरू हटाउन पनि सहमति जनाएका छन्। तिनीहरूले दोहोरो(कर सम्झौताबाट उन्मुक्तिका लागि वार्ता गर्नेछन् जसले गर्दा विदेशी प्रत्यक्ष लगानी बढ्नेछ ।
दुवै देशबीचको व्यापार सन्तुलन सुधार गर्नका लागि कृषि(औद्योगिक, सूचना तथा सञ्चार प्रविधि र जैविक इन्धन आयोजनाका क्षेत्रमा हुने अवसरका बारेमा नेताद्वय मतरेल्ला र रुटो दुवैले आ–आफ्नो धारणा राखेको बताइएको छ ।
बैठकमा, इटालीले कृषि, लघु, साना तथा मझौला उद्यम (एमएसएमई), आवास र शहरी बस्ती, स्वास्थ्य, डिजिटल सुपर राजमार्ग  लगायतका परियोजनाहरू समेट्ने अनुदान र सफ्ट ऋणमा १४ अर्ब केन्याली शिलिंग (१०८.५ मिलियन अमेरिकी डलर) को प्रतिवद्धता व्यक्त गरिएको छ । रासस

खबरपाटी
खबरपाटी