उपराष्ट्रपति निर्वाचनका लागि मौनअवधि शुरु

चैत्र ३ गते शुक्रवार हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मंगलवा।र रातिदेखि मौनअवधि शुरु भएको छ ।

उपराष्ट्रपति निर्वाचनका लागि मौनअवधि शुरु

काठमाडौं । चैत्र ३ गते शुक्रवार हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मंगलवा।र रातिदेखि मौनअवधि शुरु भएको छ । मौन अवधि शुरु भएपछि निर्वाचन नसकिएसम्म उम्मेदवारहरुले मत माग्न र प्रचारप्रसार गर्न पाउनेछैनन् । शुक्रवार हुने उपराष्ट्रपति पदमा निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी, नेपालका रामसहायप्रसाद यादव, नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा उम्मेदवार हुनुहुन्छ ।  

खबरपाटी
खबरपाटी