हनोई अन्तर्राष्ट्रिय म्याराथनमा १० हजार धावक सामेल हुने

भियतनामको राजधानी हनोईमा  आगामी शरद ऋतुमा आयोजना हुने अन्तर्राष्ट्रिय म्याराथनमा १० हजार धावकहरूलाई सामेल गराइने भियतनाम समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ।

हनोई अन्तर्राष्ट्रिय म्याराथनमा १० हजार धावक सामेल हुने

काठमाडौं । भियतनामको राजधानी हनोईमा  आगामी शरद ऋतुमा आयोजना हुने अन्तर्राष्ट्रिय म्याराथनमा १० हजार धावकहरूलाई सामेल गराइने भियतनाम समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ।
आगामी अक्टोबर ८ मा आयोजना हुने ठूला स्तरको खेलकुद कार्यक्रमले स्थानीय फिटनेस र खेलकुद उद्योगलाई प्रवर्द्धन गर्ने अवसर सृजना गर्ने खेलकुद व्यवस्थापन महाशाखाका प्रमुख डिन्ह भान लुयेनले बताएका छन्।
आयोजकहरूले आशा गरेअनुसार म्याराथन ठूलो सङ्ख्यामा सहभागीहरूको साथ वार्षिक कार्यक्रम बन्नेछ जसले हनोईको ब्रान्ड र छविको प्रचार(प्रसारमा सहयोग पुग्नेछ। 
सबैभन्दा लोकप्रिय प्रतिस्पर्धात्मक खेलहरू मध्ये एकको रूपमा, म्याराथनले हनोईको आकर्षण र यसको पर्यटक सम्भावनाप्रति अन्तरराष्ट्रिय ध्यान आकर्षित गर्न मद्दत गर्न कार्यक्रम आयोजकहरूले बताएका छन् । रासस 

खबरपाटी
खबरपाटी