युरोपेली बैंकहरू बलिया छन्: फ्रान्सेली केन्द्रीय बैंक प्रमुख

रोपेली बैंकहरूको अवस्था अमेरिकी ऋणदाताहरूको जस्तो नभएको फ्रान्सको केन्द्रीय बैंक प्रमुखले बताएका छन् ।

युरोपेली बैंकहरू बलिया छन्: फ्रान्सेली केन्द्रीय बैंक प्रमुख

काठमाडौं । युरोपेली बैंकहरूको अवस्था अमेरिकी ऋणदाताहरूको जस्तो नभएको फ्रान्सको केन्द्रीय बैंक प्रमुखले बताएका छन् ।  अमेरिकामा देखिएको बैङ्किङ सङ्कटको त्रासका बीच उनले शुक्रवार  सो टिप्पणि गरेका हुन् । 
उनले भने यस क्षेत्रका  बैङ्कहरू ूअत्यन्तै ठोसू आकारमा छन्  ।  दुई अमेरिकी ऋणदाताहरूको असफलताले यस क्षेत्रमा सङ्क्रामक स्थिति सृजना हुने डर बढाएको छ ।  समस्याग्रस्त युरोपेली बैंकिंग विशाल क्रेडिट सुइसले स्विस केन्द्रीय बैंकबाट ४ ५४  अर्बसम्म ऋण लिनु परेको छ।  युरोपेली केन्द्रीय बैंकको गभर्निङ काउन्सिलका सदस्य फ्रान्कोइस भिलेरोय डे गाल्हाउले बीएफएम बिजनेस टेलिभिजनलाई अन्तर्वार्ता दिदै सो टिप्पणी गरेका हुन् । 
फ्रान्सेली र युरोपेली बैङ्कहरू अत्यन्तै बलिया छन्, अमेरिकी बैंकहरू जस्तै स्थितिमा छैनन्ू उनले भने ।   रासस

खबरपाटी
खबरपाटी