बुरून्डीमा पोलियो सङ्क्रमणको प्रकोप घोषणा

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तीन दशकभन्दा बढी समयपछि पहिलो पटक पोलियोको सङ्क्रमण देखिएको बुरुन्डीले शुक्रवार जनाएको छ ।

बुरून्डीमा पोलियो सङ्क्रमणको प्रकोप घोषणा

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तीन दशकभन्दा बढी समयपछि पहिलो पटक बुरुन्डीमा पोलियोको सङ्क्रमण देखिएको जनाएको छ । 

    संयुक्त राष्ट्रसङ्घीय निकायले एक विज्ञप्ति जारी गर्दै मध्य अफ्रिकी राष्ट्रमा नमूना–२ पोलियो भाइरसका आठ वटा घटना फेला परेको जनाएको छ ।  

    बुरुन्डीका स्वास्थ्य अधिकारीहरूले देशको पश्चिमी क्षेत्रमा खोप नलगाएका चार वर्षीय बालक र उनको सम्पर्कमा आएका अन्य दुई बालबालिकामा पनि सङ्क्रमण देखिएको उल्लेख गरेका छन् ।  

    अन्य पाँच वटा नमूना–२ पोलियोको भाइरस फोहोर पानीमा फेला परेको डब्ल्यूएचओले जनाएको छ ।

    पोलियो एक सङ्क्रामक रोग हो । यसले स्नायु प्रणालीलाई सङ्क्रमित गर्दछ र अपरिवर्तनीय पक्षाघात निम्त्याउन सक्छ । 

    यसले मुख्यतया साना केटाकेटीहरूलाई हानि पु¥याउँछ । तर यसको रोकथाम अत्यधिक प्रभावकारी र धेरै सस्तो खोपको प्रयोगबाट रोक्न सकिन्छ ।

    डब्ल्यूएचओका क्षेत्रीय अफ्रिका निर्देशक मात्शिडिसो मोएतीलाई उद्धृत गर्दै एक विज्ञप्तिमा बुरुन्डीले तीव्र गतिमा सङ्क्रमण पत्ता लगाउनुले देशको रोग निगरानीको प्रभावकारितालाई दर्शाएको बताउनुभएको छ । 

    उहाँले भन्नुभयो, “हामी कुनै पनि बच्चा छुट्न नपरोस् र पोलियोको कमजोर प्रभावको कुनै जोखिम नहोस् भनेर सुनिश्चित गर्नका लागि पोलियो खोपलाई बढावा दिने राष्ट्रिय प्रयासलाई सहयोग गरिरहेका छौँ ।रासस

खबरपाटी
खबरपाटी