रुसी राष्ट्रपति पुटिनबिरुद्ध पक्राउ पूर्जी जारी

इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

रुसी राष्ट्रपति पुटिनबिरुद्ध पक्राउ पूर्जी जारी

 काठमाडौं । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी) ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

आईसीसीले पुटिनबिरुद्ध युद्ध अपराधको अभियोग लगाएको छ, जसमा बालबालिकालाई गैरकानूनी रुपमा युक्रेनबाट रुस पठाउनु भएको पनि जनाएको छ ।

रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण शुरु गरेको थियो । यद्यपि उसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप अस्वीकार गर्दै आएको छ । पक्राउ पुर्जीबारे टिप्पणी गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले आईसीसीको रुसमा कुनैम अर्थ नरहेको जनाउनु भयो । 

खबरपाटी
खबरपाटी