टर्कीमा फेरि गयो अर्को शक्तिशालि भूकम्प
९ फागुन २०७९, मङ्गलवार
काठमाडौं । बङ्गलादेशको मदारीपुरमा आइतबार भएको बस दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
ढाका ट्रिब्युनले जनाएअनुसार आईतवार बिहान ढाकातर्फ जाँदै गरेको बस पद्मा पुलको सडकबाट मदारीपुरको शिवचार उपजिल्लाको कुतुबपुर नजिक खाल्डोमा खस्दा सो दुर्घटना भएको हो । बसमा कम्तीमा ५० जना सवार रहेको बुझिएको छ । घाइतेहरूको शिवचर उपजिल्ला स्थित स्वास्थ्य केन्द्रमा घाइतेको उपचार भइरहेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार चालकले गाडीको नियन्त्रण गुमाएपछि बस खाल्डोमा खसेको हो ।
घटनाबारे अनुसन्धान जारी छ । मृतकको सङ्ख्या बढ्नसक्ने गरिएको छ । रासस