टर्कीमा फेरि गयो अर्को शक्तिशालि भूकम्प
९ फागुन २०७९, मङ्गलवार
काठमाडौं । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग भएको सम्झौता आगामी साता संसद्मा प्रश्तुत गर्ने हुनुभएको छ ।
अर्थ राज्यमन्त्री रञ्जित स्याम्बालापिटिया शनिबार एक बैठकलाई सम्बोधन गर्दै संसद्मा सम्झौता प्रश्तुत गर्नेबारे जानकारी गराउनुभएको हो । उहाँका अनुसार आईएमएफले पनि आफ्नो वेबसाइटमा सम्झौता प्रकाशित गर्नेछ र मार्च २० मा समितिको बैठक बसेर दुई अर्ब ९० करोड अमेरिकी डलर बराबरको सहुलियत कर्जा कार्यक्रमलाई अन्तिम रूप दिनेछ ।
सन् २०२२ मा दक्षिण एशियाली मुलुक श्रीलङ्का गम्भीर आर्थिक सङ्कटको चपेटामा परेपछि अन्तर्राष्ट्रिय ऋणदातासँग सम्बन्धित वार्ता सुरु गरेको थियो । रासस