बाघको त्राससँग जिउँन बाध्य छन् बर्दियालीबासी

राष्ट्रिय निकुञ्ज नेपाल आर्मीद्धारा संरक्षण गरिए पनि बर्दियाली बासीहरुको संरक्षण कस्ले गर्ने ?

बाघको त्राससँग जिउँन बाध्य छन् बर्दियालीबासी

नबिन गडतौला/बर्दिया । बाघको लागि नेपालको प्रचलित स्थान हो बर्दिया । देश बाट मात्र नभएर विदेशबाट पनि बाघ हेर्नका लागि पर्यटकहरु बर्दिया आउने गर्छन । बाघ सुन्दा जति रमणीय सुनिन्छ भोग्न उत्तीकै गार्‍हो छ । सरकारको राम्रो ध्यान पुग्न नसकेको कारण बर्दियालीहरु बाघको आक्रमणबाट आजित भएका छन् । वर्षेनी उनीहरुले ठूलो मात्रामा मानिसहरुले ज्यान सहित पशुधनको क्षती ब्योहीरहेका छन् । 

“बाघको आक्रमणबाट ज्यान गुमाइरहने मात्र हो कि यसको दिर्धकलीन समाधान गर्ने हो”, भनि बर्दियाका एक युवकले प्रश्न उठाएका छन् । 

हालसालै बर्दियाको मधुवन ५,बर्दिया लुम्बिनी प्रदेश चिरौटे सामुदायीक बनमा बाघको आक्रमणमा परी अन्दाजी ५० वर्षीया धनसरी गुरुङ, अन्दाजी ४५ वर्षीया समुन्द्री बुढाको ज्यान गएको सशस्त्र प्रहरी उपरीक्षक हर्क वहादुर शाहीले बर्ताएका छन् । 

बर्दियामा यस्ता घटानाहरु घटिरहेका हुन्छन कति घटनाहरु संचार माध्यमा आउने त गर्छन तर कसैको ध्यान जाँदैन । राष्ट्रिय निकुञ्ज नेपाल आर्मीद्धारा संरक्षण गरिए पनि बर्दियाली बासीहरुको संरक्षण कस्ले गर्ने ?  

बर्दिया घर भएका युवकले बाघको आक्रमणबाट मृत्यु हुने प्रति हार्दिक समवेदना मात्रै नभएर माथिल्लो निकायसॅग समन्वय गरी दिर्घकालीन समाधानका माग गरेका छन् । पर्यटकहरु बाघ मनोरञ्जनका लागि हेर्न आए पनि स्थानीय बासिन्दाहरु भने सधै त्रसित जिन्दगी जीउँन बाध्य रहेको उनको भनाई थियो । 
 

खबरपाटी
खबरपाटी