पाकिस्तानमा पारिवारिक झगडाको कारण एघार जनाको हत्या

बन्दुकधारीहरुले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या गरेका प्रहरीले मङ्गलबार जानकारी दिएका छन्

पाकिस्तानमा पारिवारिक झगडाको कारण एघार जनाको हत्या

एजेन्सी । बन्दुकधारीहरुले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या गरेका प्रहरीले मङ्गलबार जानकारी दिएका छन् । परिवारबीचको दशक लामो प्रतिशोधको कारणले आक्रमण भएको जनाइएको छ ।

पाकिस्तानमा अन्तर–पारिवारिक झगडा सामान्य रहेको छ । खैबर पख्तुनख्वा प्रान्तको जिल्ला परिषद्का नेता ४२ वर्षीय आतिफ मुन्सिफ खानको सोमबार राति इस्लामाबादबाट ३३ किलोमिटर उत्तरमा रहेको हवेलियन सहरमा हत्या भएको प्रहरीले जनाएको छ ।

खान, अंगरक्षक र प्रहरसहित १० जनालाई बोकेको गाडीमा दुई तर्फबाट पाँच जनाले गोली चलाएको र ती सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी अधिकारी ओमर तुफेलले एएफपीलाई बताएका छन् ।  

परिणामस्वरूप गाडीमा आगो लाग्यो र, यसमा सवार सबै जिउँदै जलेका छन् । जलेका शवहरू अहिले पहिचान बाहिर भएको उहाँले बताउनु भएको छ । खान परिवारले आफ्ना प्रतिद्वन्द्वीहरूलाई हत्याको दोष लगाउँदै लगभग पाँच दशक पुरानो झगडाको कारण देखाउँदै  पुलिसमा उजुरी दर्ता गरेका तुफेलले जानकारीले दिएका छन् ।

यसै पुनारो झगडाको कारण खानका बुबा र हजुरबुबाको पनि ज्यान गएको बताइएको छ ।  अर्को स्थानीय वरिष्ठ प्रहरी अधिकारी, साजिद तानोलीले घटनाको पुष्टि गर्नुभएको छ । 
खान इमरान खानको नेतृत्वमा पाकिस्तान तहरीक–ए–इन्साफ (पीआईआई) पार्टीका सदस्य थिए  । 
 

खबरपाटी
खबरपाटी