चीनले चायो भने रुस युक्रेनको युद्ध अन्त्य गर्न सक्छ : पुटिन

रुसको राष्ट्रपति भ्लादामिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिङपिङ बिच मङ्गलवार भेटवार्ता भएको छ

चीनले चायो भने रुस युक्रेनको युद्ध अन्त्य गर्न सक्छ : पुटिन

एजेन्सी । रुसको राष्ट्रपति भ्लादामिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिङपिङ बिच मङ्गलवार भेटवार्ता भएको छ । उक्त वार्तामा दुवै पक्षहरू न्युक्लियर वार हुनु हुँदैन भन्ने पक्षमा उभिएका छन् । दुवै पक्ष बिच कहिल्यै पनि आणविक हतियारको प्रयोग नगर्ने भनि घोषणा पत्रमा हस्ताक्षर समेत गरेका छन् । रुस पुगेर चिनियाँ राष्ट्रपतिले पुटिनलाई चिन भ्रमणको निम्तो समेत दिएका छन् । 

पुटिनले जिङपिङको शान्ति प्रस्तावमा सकारात्मक रहेको बताउँदै यसलाई चाँडै टुङ्ग्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । करिब ४ घण्टा चलेको उक्त वार्तामा चिनियाँ राष्ट्रपतिले आफ्नो भ्रमणको प्रमुख कारण नै रुस युक्रेनको युद्ध अन्त्य गर्ने रहेको प्रस्टाएका छन् जसमा पुटिन पनि सकारात्मक देखिए । 

यसअघि ३ महिना अगाडि दुई राष्ट्रपति बिच टेलिफोन वार्ता भएको थियो । जसमा दुई देशले एक अर्कालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । युरोपियन युनियनले रुसी तेलमाथि लगाएको प्रतिबन्धलाई चिर्दै चीनले शतप्रतिशत रुसी तेल आयात गर्ने निर्णय गरेको थियो भने रुसले चीनको ताइवान विषयमा रणनीतिक साझेदारी गरेको थियो । 

खबरपाटी
खबरपाटी