काठमाडौं । इरानी विदेश मन्त्रालयका प्रवक्ताले इस्लामिक गणतन्त्रका जनता विरुद्ध अमेरिकी प्रतिवन्धहरू तीव्र पार्ने सन्दर्भमा इरानी महिलाहरूलाई समर्थन गर्ने अमेरिकी सरकारको दाबीलाई नक्कली भनी आलोचना गरेको छ। प्रवक्ता नासेर कनानीले इरानको नयाँ वर्षको अवसरमा अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानीहरूलाई बधाइ दिनुभएको सन्देशको जवाफमा नाउरोजको पहिलो दिन एक ट्वीटर पोस्टमा उक्त टिप्पणी गर्नु भएको हो ।
इरान र यसका जनताप्रति शत्रुता अमेरिकी सरकारको विदेश नीतिको स्थापित अंश हो, जुन प्रत्येक वर्ष उनीहरूका अधिकारीहरूको नाउरोज सन्देशहरूमा स्पष्ट हुन्छ, कनानीले भन्नुभएको छ । अमेरिकी सरकार र यसका ईरान विरोधी नेताहरूको पाखण्ड र शत्रुता स्पष्टरूपमा प्रतिबिम्बित छ ।
राष्ट्रपति बाइडेनको सन्देशमा उल्लेख गरिएको छ । इरानी महिलाहरू आफ्नो मानव अधिकार र मौलिक स्वतन्त्रताको लागि लडिरहेका छन् । रासस