दक्षिण पश्चिम चीनको कोइला खानी दुर्घटनामा ६ जनाको मृत्यु

चीनको दक्षिणपश्चिमी गुइझोउ प्रान्तमा भएको कोइला खानी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ ।

दक्षिण पश्चिम चीनको कोइला खानी दुर्घटनामा ६ जनाको मृत्यु

 काठमाडौं । चीनको दक्षिणपश्चिमी गुइझोउ प्रान्तमा भएको कोइला खानी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले मङ्गलबार दिएको जानकारीअनुसार गुइझोउको क्वानक्सी गुली सहरमा निर्माणाधीन कोइला खानीमा आइतबार बिहान भएको उक्त दुर्घटनामा पाँच जना मानिस फसेको बताइएको थियो ।

    दुर्घटनापछि अस्पताल लैजाँदै गर्दा एक जनाको मृत्यु भएको थियो भने मङ्गलबार बिहान उद्धारपछि फसेका पाँच जना भने मृत अवस्थामा फेला परेका थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ । रासस
 

खबरपाटी
खबरपाटी