गैरनेपाली व्यक्तिहरूको नेपाली नागरिकता वनाई दिने कार्यमा संलग्न ५ जना पक्राऊ

नेपाली नागरिकता वनाई दिने कार्यमा संलग्न ५ जना पक्राउ

गैरनेपाली व्यक्तिहरूको नेपाली नागरिकता वनाई दिने कार्यमा संलग्न ५ जना पक्राऊ

काठमाडौं । काठमाण्डौको बबरमहल एरियामा निश्चित रकमको चलखेलमा गैरनेपाली व्यक्तिहरूको नेपाली नागरिकता वनाई दिने कार्यमा संलग्न ५ जना पक्राउ परेका छन् । बिभिन्न सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखत समेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारीस तयार गरि गैरनेपाली तिवेतियन व्यक्तिहरूको सक्कलै नेपाली नागरिकता समेत वनाई दिने कार्यमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको हो ।

गोप्य सूचनाका आधारमा कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले त्यस्ता कार्यमा संलग्न रहेका व्यक्तिहरुको निग्रानीमा यही ५ गते दिउँसो जिल्ला काठमाण्डौ बबरमहल स्थितबाट कृष्ण बहादुर कटवाल सहित ५ जनालाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा कृष्ण बहादुर कटवाल, लोब्साङ ठिन्ले, विजय लामा, न्युल्केश श्रेष्ठ, हिरालाल शिवाकोटी रहेका छन् । यी नाम उल्लेखित भएका ५ जना व्यक्तिहरुलाई विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, बिभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरु, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्ध बिच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्वपूर्ण अन्य विविध कागजातहरु, किर्ते गर्न प्रयोग हुने वडा कार्यालयहरुको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरि बनाइएको गैरनेपालीले प्राप्त गरेको सक्कलै नागरिकता सहित फेला पारी निजहरुलाई पक्राउ गरि नागरिकता ऐन तथा लिखत सम्बन्धि कसुरमा आवाश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

सम्पुर्ण जानकारीका लगि तल उल्लेखित विवरण हेर्नुहोस :

खबरपाटी
खबरपाटी