नोर्ड स्ट्रिम घटनाको अन्तर्राष्ट्रिय अनुसन्धान रोक्ने अमेरिकी प्रयास गलतः लाभरोभ

नोर्ड स्ट्रिम घटनाको अन्तर्राष्ट्रिय अनुसन्धानमा रूसी पहललाई रोक्ने अमेरिकी प्रयासले वासिङ्टनको दोष पुष्टि भएको रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले बिहीबार दावी गर्नुभएको छ ।

नोर्ड स्ट्रिम घटनाको अन्तर्राष्ट्रिय अनुसन्धान रोक्ने अमेरिकी प्रयास गलतः लाभरोभ

काठमाडौं । नोर्ड स्ट्रिम घटनाको अन्तर्राष्ट्रिय अनुसन्धानमा रूसी पहललाई रोक्ने अमेरिकी प्रयासले वासिङ्टनको दोष पुष्टि भएको रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले बिहीबार दावी गर्नुभएको छ । 
  
“हामीले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा प्रस्तावको मस्यौदा पेश गरेका छौं । यसमा संयुक्त राष्ट्रसङ्घका महासचिवलाई अन्तर्राष्ट्रिय विज्ञहरूको व्यापक सहभागितामा निष्पक्ष, वस्तुनिष्ठ र पारदर्शी अनुसन्धान गर्न अनुरोध गरिएको छ,” लाभरोभले भन्नुभयो ।
 
“संयुक्त राज्य अमेरिकाले ‘धेरै डराएको’ प्रतिक्रिया व्यक्त ग¥यो र तुरुन्तै रूसी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सहयोगीहरूसँग मिलेर काम गर्न थाल्यो,” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो । 

“उनीहरूले यस पहललाई रोक्न पर्याप्त मत प्राप्त गर्न सफल हुनेछन् । उनीहरूसँग लुकाउन र ‘सेमुर हर्श’द्वारा प्रस्तुत तथ्याङ्कको निष्पक्षता पुष्टि गर्न केही लुकेको छ भन्ने पनि यो कदमले प्रमाणित गर्नेछ,” लाभरोभले भन्नुभयो ।

 पुलित्जर पुरस्कार विजेता सेमुर हर्शले गत महिना प्रकाशित एक लेखमा संयुक्त राज्य अमेरिकाले सन् २०२२ को जुनमा नर्वेसँग मिलेर टाढाबाट नियन्त्रण गरिएको र विष्फोट गराइएको विष्फोटक पदार्थहरू राखेको खुलासा गर्नुभएको थियो । विष्फोटले तीन महिनापछि चार वटा नोर्ड स्ट्रीम पाइपलाइनमध्ये तीन वटालाई बाहिर निकालेको थियो ।

उहाँले संयुक्त राष्ट्रसङ्घले ‘आतङ्कवादविरुद्धको लडाईंको लागि’ आफ्नो जिम्मेवारी वहन गर्ने आशा व्यक्त गर्दै भन्नुभयो, “जसले एक महत्वपूर्ण पूर्वाधारलाई नष्ट गरेको छ र यसमा युरोपेली संघको ऊर्जा सुरक्षा निर्णायक हदसम्म निर्भर छ ।”

उहाले भन्नुभयो, “हामी सत्यको खोजी गर्नेछौं ।”   रासस

खबरपाटी
खबरपाटी