प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु

प्रदर्शनको क्रममा घाइते भएको एकजनाको उपचारको क्रममा मृत्यु

प्रदेश नामकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बूको मृत्यु

विराटनगर । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आयोजना गरेको प्रदर्शनको क्रममा घाइते भएको एकजनाको उपचारको क्रममा मृत्यु भएको छ।

यही चैत ५ गते विराटनगरमा प्रदर्शनका क्रममा लाठीबाट टाउकोमा गम्भीर चोट लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचाररत लाजेहाङ सुक्वाबा लिम्बूको निधन भएको हो।

गएराति २:३० बजे उपचारकै क्रममा उनको निधन भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिको उपाध्यक्ष जेन्टल लावतीले जानकारी दिए ।

खबरपाटी
खबरपाटी