फ्रान्समा निवृत्तिभरण सुधारबिरुद्ध राष्ट्रव्यापी प्रदर्शन

राष्ट्रपति इम्यानुल म्याक्रोँले अघि सार्नुभएको निवृत्तिभरण सुधारसम्बन्धी योजनाविरुद्धको विरोध प्रदर्शन अझ चर्कने सङ्केत देखापरेको छ ।

फ्रान्समा निवृत्तिभरण सुधारबिरुद्ध राष्ट्रव्यापी प्रदर्शन

काठमाडौं । राष्ट्रपति इम्यानुल म्याक्रोँले अघि सार्नुभएको निवृत्तिभरण सुधारसम्बन्धी योजनाविरुद्धको विरोध प्रदर्शन अझ चर्कने सङ्केत देखापरेको छ । 

    अलोकप्रिय पेन्सन सुधारविरुद्ध बिहीवार देशभर भएका विरोध प्रदर्शनमा दश लाखभन्दा बढी सहभागी भएका थिएभने आगामी साता बेलायतका राजा चाल्र्स तृतीयको भ्रमणको समय पारेर राष्ट्रव्यापी हडताल र विरोध प्रदर्शनका निम्ति आह्वान भएको छ । 

    राष्ट्रपतिले म्याक्रोँले अघि सार्नुभएको सेवानिवृत्तिको उमेरप्रति फ्रान्सेली क्रुद्ध भएका छन् । उहाँले ‘रिटायर’ हुने विद्यमान ६२ वर्षको उमेर हदलाई बढाएर ६४ पु¥याउने विधेयक प्रस्ताव गर्नुभएको छ । भारी मतले सदनले अनुमोदन गरेको उक्त विधेयक संसदीय समितिमा विचाराधीन छ । उक्त समितिले अन्तिम मस्यौदा तयार गरेर पुनः सदनमा प्रश्तुत हुनेछ । 

    यसैबीच, बिहीवारको राष्ट्रव्यापी विरोधप्रदर्शनका क्रममा चार सय ५७ जना पक्राउ परेका तथा चार ४१ जना घाइते भएका गृहमन्त्री गेराल्ड डर्मानिनले बताउनुभएको छ । राजधानी पेरिसमा ठूलो प्रदर्शन भएको तथा धेरै स्थानमा टायर बालेर विरोध गरिएको उहाँले जानकारी दिनुभएको छ । 

खबरपाटी
खबरपाटी