अल्बानियाको टिभी स्टेशनमा सशस्त्र आक्रमणः एक जनाको मृत्यु

अल्बानियाको राजधानी तिरानामा सोमबार बिहान अज्ञात बन्दुकधारीले भवनमा गोली चलाउँदा टिभि स्टेशनको परिसरमा एक सुरक्षा गार्डको मृत्यु भएको छ।

अल्बानियाको टिभी स्टेशनमा सशस्त्र आक्रमणः एक जनाको मृत्यु

काठमाडौं । अल्बानियाको राजधानी तिरानामा सोमबार बिहान अज्ञात बन्दुकधारीले भवनमा गोली चलाउँदा टिभि स्टेशनको परिसरमा एक सुरक्षा गार्डको मृत्यु भएको छ।
सशस्त्र आक्रमण स्थानीय समय अनुसार बिहान १ः०० बजे भएको थियो । प्रहरीकाअनुसार आक्रमणमा शीर्ष च्यानल टिभी स्टेशनको भवन बाहिर रहेको बुथमा ६० वर्षीय सुरक्षा गार्डको मृत्यु भएको थियो।
प्रहरीले आक्रमणको घटनास्थलबाट दुईवटा अटोमेटिक राइफलसहित जलेको एसयुभी कार फेला पारेको छ । घटना बारे अनुसन्धान जारी छ । प्रधानमन्त्री इदी रामाले सशस्त्र आक्रमणको निन्दा गर्दै पीडित परिवारलाई समवेदना व्यक्त भएको छ। रासस

खबरपाटी
खबरपाटी