गठबन्धन विभाजनलाई साम्य पार्ने कोशिस गर्दै जर्मन चान्सलर स्कोल्ज

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले आफ्नो सरकारलाई खतरामा पार्ने उक्त सङ्कटलाई साम्य पार्न आइतबार नेताहरूसँग छलफल गर्नुभएको छ ।

गठबन्धन विभाजनलाई साम्य पार्ने कोशिस गर्दै जर्मन चान्सलर स्कोल्ज

काठमाडौं । विवादको बढ्दो शृङ्खलामा सङ्कटकालीन वार्ताका लागि त्रिपक्षीय गठबन्धनको बैठक बसिरहेका बेला जर्मनीका चान्सलर ओलाफ स्कोल्जले आफ्नो सरकारलाई खतरामा पार्ने उक्त सङ्कटलाई साम्य पार्न आइतबार नेताहरूसँग छलफल गर्नुभएको छ ।

पदभार ग्रहण गरेको एक वर्षभन्दा केही समयपछि स्कोल्जको सोसल डेमोक्र्याट्स ९एसपीडी० र उहाँका सत्ताधारी साझेदार ग्रीन्स र फ्री डेकमोक्र्याटिक्स पार्टी (एफडीपी) बीचको सम्बन्ध पहिलेभन्दा बढी तनावपूर्ण देखिएको छ ।

यसै साताको सुरुमा ग्रीन्सका नेता तथा अर्थमन्त्री रोबर्ट हेबेकले आफ्नो गठबन्धनका साझेदारहरूले प्रगतिमा अवरोध पुर्याएको आरोप लगाउनुभएको थियो भने एफडीपीका उपप्रमुख वुल्फगाङ कुबिकीले ग्रीन राजनीतिज्ञलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तुलना गर्नुभएको थियो । 

कुबिकीले आफ्नो भनाइलाई लिएर पछि माफी मागे पनि यो विवादले जर्मनीको युद्धपछिको इतिहासमा पहिलो पटक त्रिपक्षीय गठबन्धनको चर्को विवादको अवस्थालाई दर्शाउँछ ।  

सन् २०२१ को डिसेम्बरमा गठबन्धन सम्झौताको मूल मन्त्र ‘थप प्रगतिका लागि साहस गर’ भन्ने नाराका साथ गठबन्धनले राम्रो सुरुवात गरेको थियो ।

तर त्यसको दुई महिनापछि रूसले युक्रेनमाथि आक्रमण गर्दा जर्मनीको दशकौं लामो आर्थिक र राजनीतिक निश्चितता समाप्त भएको थियो । 

तर त्यसपछि विशेषगरी ग्रीन्स र एफडीपीबीच तनाव बढेको छ । 

यी दुई अप्राकृतिक साझेदार हुन् । गठबन्धनको पूवाद्र्र्धले आणविक ऊर्जा र दहन इन्जिनहरू चरणबद्ध गर्न वातावरणीय प्रतिबद्धताहरूमा प्रयोग गर्छ र उत्तराद्र्धले धेरै फरक आर्थिक नीतिहरूलाई बढावा दिन्छ । 

जर्मन पत्रिका स्पीगेलले भनेको छ, “सरकारमा जताततै आगो लागेको छ, साझेदारहरू प्राथमिकताका विषयमा झगडा गरिरहेका छन् र सम्झौताका लागि संघर्ष गरिरहेका छन् ।”  रासस

खबरपाटी
खबरपाटी