मधेस प्रदेशमा कांग्रेसले माग्यो ५० प्रतिशत सिट
२३ फागुन २०७९, मङ्गलवार
काठमाडौँ । मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार राजीनामा बुझाएका हुन् । उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर राजीनामा बुझाएका हुन्।
मुख्यमन्त्री यादवले एमालेबाट नियुक्त भएका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए । प्रदेशमा अब नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रदेश सरकारमा सहभागी गराउने तयारी रहेको जनाइएको छ ।
मधेश प्रदेशमा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ८, एकीकृत समाजवादीका ७, स्वतन्त्र ६, राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका एक एक सांसद छन् ।
