आस्था शर्मा/काठमाडौं । मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा पूर्वडिआईजी रमेश खरेल काठमाडौँ १ मा तीन हजार मत ल्याएर कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए । खरेल नेपाल सुशासन पार्टीका अध्यक्ष पनि हुन् । अहिले भने उनी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर उप निर्वाचनमा बारा २ मा उम्मेदवार बनेका छन् ।
चुनाव नजिँकिदै गर्दा अहिले विभिन्न मिडियाहरुमा रमेश खरेलको चरित्रलाई लिएर समाचारहरु बनिरहेका छन् । रमेश खरेलले श्रीमतीको नाममा नक्कली सुराकी खडा गरेर कमिशनहरु खाएको समाचारहरु प्रकाशित भइरहेका छन् ।
उनी प्रहरीमा रहँदा होस अथवा राजनिती दौडमा उनी सधै चर्चा मै आउने गरेका छन् । महानिर्वाचनको समयमा आफू मात्र झोला बोकेर चुनावी प्रचार प्रसार होस् अथवा उप निर्वाचनमा पार्टी फरेर उम्मेद्वारी दिँदा होस् । उनी प्राय समाचारको हेडलाइन बन्ने नै गरेका छन् । अहिले चुनावमा उम्मेद्वारी दिए लगत्तै मिडियाहरुमा उनले श्रीमती मार्फत कमिशन खाएको आरोपहरु लागी रहेका छन् ।
खबरपाटी संवाददातासँग कुरा गर्दै रमेश खरेलले योे कुरा स्वीकार्दै सुराकीलाई कमिशन होइन पुरस्कार वितरण गरिएको गरेको बताए । भन्सार ऐनअनुसार सुराकी लगाउनेलाई पुरस्कार दिने नियम रहेको बताउँदै सोही बमोजिम अन द रेकर्ड पुरस्कारहरु पाएको बताएका छन् ।
अहिले पनि प्रहरीलाई भन्सार नाकामा सुराकी दिएको आधारमा कोही पनि नेपाली नागरीकले पुरस्कार पाउँने निश्चित रहेको उनी बताउँछन् । आफूले यो कुरा पहिल्यै ग्यालेक्सी टेलिभिजनको अन्तर्वातामा प्रस्टाएको बताउँदै सोही कुरा निर्वाचनको अगाडी उठाइराख्नु अत्यन्तै दुख:द रहेको बताए ।