विदेशी मुद्राको विनिमय दरः आज कतिमा कारोबार भइरहेको छ ?

नेपाल राष्ट्र बैंकले आज चैत २४ गते शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

विदेशी मुद्राको विनिमय दरः आज कतिमा कारोबार भइरहेको छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत २४ गते शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

बैंकले आजका लागि निर्धारण गरेको दर अनुसार आज अ‍मेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा पुगेको छ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५२ पैसा र बिक्री दर १४३ रुपैयाँ १८ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ८७ पैसा र बिक्री दर १६३ रुपैयाँ ६२ पैसा रहेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

खबरपाटी
खबरपाटी