दक्षिण अफगानिस्तानमा  अफिम फार्म नष्ट

अफगानिस्तानको प्रहरीले दक्षिणी जाबुल प्रान्तमा ४४ एकड जमिनमा गरिएको अफिम खेती नष्ट गरेको छ ।

दक्षिण अफगानिस्तानमा  अफिम फार्म नष्ट

काठमाडौं । अफगानिस्तानको प्रहरीले दक्षिणी जाबुल प्रान्तमा ४४ एकड जमिनमा गरिएको अफिम खेती नष्ट गरेको छ । 
प्रान्तीय प्रहरी कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार प्रहरीले गत साताबाटै  अफिम विरुद्धको अभियान चलाएको र हालसम्म जिल्ला प्रहरी कार्यालय कलातको ४ एकड क्षेत्रफलसहित ४४ एकड खेती नष्ट गरेको उल्लेख गरेको छ ।
अफगान प्रहरीले पछिल्ला दुई सातामा उत्तरी बाल्ख र बाघलान प्रान्तमा ७६ एकड जमिनको पोपी फार्म पनि नष्ट गरेको छ। रासस

खबरपाटी
खबरपाटी