फिजीको मुख्य टापुमा पानीको सङ्कट

फिजीवासीहरूले प्रायस् वर्षाको मौसममा शुष्कताका कारण भिटी लेभुको मुख्य टापुमा पानीको सङ्कटको सामना गर्ने गर्दछन् ।

फिजीको मुख्य टापुमा पानीको सङ्कट

काठमाडौं । फिजीवासीहरूले प्रायस् वर्षाको मौसममा शुष्कताका कारण भिटी लेभुको मुख्य टापुमा पानीको सङ्कटको सामना गर्ने गर्दछन् । लमी(सुवा किनारमा बसोवास गर्ने स्थानीयहरूलाई पानीको प्रयोगमा कडाइ गरिएको सूचना जारी गरिएको छ । पानीको अत्यावश्क   प्रयोग बाहेक कारहरू धुन र अन्य विलासिताका सामानका सरसफाइमा  पानीको प्रयोगमा मितव्ययी हुन आग्रह गरिएको छ ।
पानी विभागका  प्रमुख कार्यकारी अमित चाननले मङ्गलबार पूर्वाधार समस्याका कारण दैनिक ३० लाख लिटर पानीको माग र आपूर्ति बीचको  तालमेल पूरा गर्न नसकिएको बताएका छन् । 
गत फागुन १ गतेदेखिको मौसमी अवस्थाले अवस्था निकै बिग्रिएको भन्दै उनले अहिले सुख्खा मौसमका कारण ७० लाख लिटर पानीको अन्तर रहेको र नदीको बहाव घट्ने हो भने  पानीको आपूर्ति अझै घट्ने बताएका छन् । त्यो खाडल अझ ठूलो हुनेछ । प्रक्षेपण न्यून बहाव जारी रहेमा अन्तर थपिने र आपूर्ति प्रणाली सञ्चालन गर्न समेत कठिन हुने उनले चेतावनी दिएका छन् । रासस

खबरपाटी
खबरपाटी