खल्तीले ल्यायो पेमेन्ट गेटवे मा ५०% क्यास्ब्याक साथै अन्य सुविधाहरु

‘स्मार्ट उद्यमी’ नामक यस अफरमा खल्ती पेमेन्ट गेटवे सेवासँग आवद्द भई एपीआई शुल्कमा ५०% क्यासब्याक, निःशुल्क क्विक लिङ्क पेमेन्ट र एक वर्षको निःशुल्क एसएमएस प्यानल प्राप्त गर्नेछन्।

खल्तीले ल्यायो पेमेन्ट गेटवे मा ५०% क्यास्ब्याक साथै अन्य सुविधाहरु

खल्तीले साना तथा मझौला व्यवसाय भएकाहरूलाई खल्ती पेमेन्ट गेटवे मार्फत आफ्नो व्यापार डिजिटल रूपमा बढाउन मद्दत गर्नका लागि अफर ल्याएको छ। ‘स्मार्ट उद्यमी’ नामक यस अफरमा खल्ती पेमेन्ट गेटवे सेवासँग आवद्द भई एपीआई शुल्कमा ५०% क्यासब्याक, निःशुल्क क्विक लिङ्क पेमेन्ट र एक वर्षको निःशुल्क एसएमएस प्यानल प्राप्त गर्नेछन्। खल्ती पेमेन्ट गेटवे भन्नाले खल्ती डिजिटल वालेटद्वारा प्रदान गरिएको सेवा बुझिन्छ, जहाँ व्यवसायहरूलाई आफ्ना ग्राहकहरूबाट सुरक्षित र प्रभावकारी रूपमा आफ्नै वेबसाइट र एपहरूमार्फत भुक्तानीहरू स्वीकार गर्न अनुमति दिइन्छ। खल्तीको SDK/API मार्फत, व्यवसायहरूले खल्ती वालेट, इ-बैंकिङ, मोबाइल बैंकिङ, SCT र VISA/Master कार्ड, र Connect IPS जस्ता विभिन्न माध्यमहरूबाट भुक्तानीहरू लिन सक्छन्। यसबाहेक, खल्तीले ३१ लाख प्रयोगकर्ताहरूलाई सेवाहरू उपलब्ध गराउँदै आएको छ, जसको कारण यति ठुलो सङ्ख्याका प्रयोगकर्ताहरू समक्ष नयाँ दर्ता हुने व्यवसायको डिजिटल माध्यमबाट सोझै प्रवर्द्धन हुन सक्नेछ। 

यस बाहेक खल्तीको 'स्मार्ट उद्यमी' अफरहरू मार्फत व्यवसायीहरूले लेनदेन शुल्कमा ३३% छुट र कर्पोरेट बिलहरूमा लागि उद्यम खाता पनि पाउनेछन्।

खबरपाटी
खबरपाटी