अर्थमन्त्री महत र गभर्नर अधिकारी बिच भेटवार्ता
२१ चैत २०७९, मङ्गलवार
काठमाडौँ । नेपाल बैंकर्स संघको वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ।
बुधबार विहान बसेको संघको बैठकले १ वैशाखदेखि लागु हुने निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको उपाध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए।
अब बैशाख १ गतेदेखि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत हुनेछ भने संस्थागत मुद्दतिको ब्याजदर ७.४९ प्रतिशत हुनेछ।
बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ। कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ।
बजारमा ब्याजदर घटाउन माग भइरहेको र अवस्था सहजै रहेकोले ब्याजदर घटाउने निर्णय भएको कोइरालाले बताए ।