अब अञ्जन र उमेशलालमध्ये एक वरिष्ठ उपाध्यक्ष निश्चित

तीनैजनाले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा टुंगो लाग्ने देखिएको हो

अब अञ्जन र उमेशलालमध्ये एक वरिष्ठ उपाध्यक्ष निश्चित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठमध्ये एक बन्ने निश्चित भएको छ । पहिलो चरणको मतदानमा वरिष्ठ उपाध्यक्ष पदका लागि तीनजना अञ्जन, उमेशलाल र रामचन्द्र संघईमध्ये तीनैजनाले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा टुंगो लाग्ने देखिएको हो ।

अब दोस्रो चरणमा अन्जन र उमेशलालबीच प्रतिस्पर्धा हुनेछ । मतभारतका हिसाबले संघई प्रतिस्पर्धाबाट बाहिरिएका छन् । महासंघको निर्वाचनमा जिल्लानगरतर्फ ५० प्रतिशत, एसोसिएटतर्फ ३० र वस्तुगततर्फ २० प्रतिशत मतभार हुने गर्छ । अञ्जनले सबेभन्दा धेरै ३७.९९ प्रतिशत मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी उमेशलालले ३१.७१ प्रतिशत र संघईले ३०.४६ प्रतिशत मत पाएका छन् ।

अब संघईले पाएको मत अञ्जन र उमेशलालमध्ये जसले धेरै पाउँछ उही वरिष्ठ उपाध्यक्ष विजयी हुने छन् । अञ्जन र संघईको मत पहिलो बाँडिएकाले अब भने एकै ठाउँमा आउने देखिएको छ ।

खबरपाटी
खबरपाटी