काठमाडौं । ताइवानलाई लिएर चीनसँग तनाव बढेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन हनोईसँग कूटनीतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले शुक्रबार भियतनाम पुग्नुभएको छ ।
जापानमा जी–सेभेन ९जी–७० का विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिने क्रममा हिनोई हुँदै जापान जान लाग्नुभएका ब्लिन्केनले शनिबार भियतनामका शीर्ष नेतासँग भेटवार्ता गरी भियतनामसँग सम्भावित कूटनीतिक उन्नयनका लागि मार्ग प्रशस्त गर्नुहुनेछ ।
दुई देशबीच घनिष्ठ व्यापारिक सम्बन्ध छ भने दुवै देशले यस क्षेत्रमा चीनको बढ्दो शक्तिप्रति चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडन र भियतनामको सत्तारुढ कम्युनिस्ट पार्टीका प्रमुख गुयेन फु ट्रोङबीच गत महिना भएको फोन वार्तामा सम्बन्धलाई ‘रणनीतिक’ साझेदारीमा रूपान्तरण गर्ने लक्ष्य अमेरिकाका उच्च कूटनीतिज्ञको अपेक्षा रहेको छ ।
विश्लेषकहरूका अनुसार हनोई दक्षिण चीन सागरमा प्रतिद्वन्द्वीको दाबीका बावजुद उत्तरमा आफ्नो छिमेकी र अर्को प्रमुख आर्थिक साझेदार बेइजिङलाई निराश पार्न बढी अनिच्छुक र सतर्क हुन सक्नेछ ।
अमेरिकाको बोस्टन कलेजमा अन्तर्राष्ट्रिय सुरक्षा विद्यावारिधि ९पिएचडी० गरेका खाङ वुले एएफपीसँग भन्नुभयो, “दक्षिण चीन सागरमा चीनलाई सन्तुलनमा राख्न भियतनामको आवश्यकता छ भन्ने अमेरिकाले बुझेको छ ।”
उहाँले भन्नुभयो, “तर भियतनामका लागि चीनसँग राम्रो सम्बन्ध राख्नु राम्रो हो । भियतनामी सरकारले उनीहरूले चीनसँग सैन्य लडाईं जित्न सक्ने कुनै उपाय छैन भन्ने भियतनामले बुझेको छ ।”
यसै साताको सुरुमा चीनले ताइवानका राष्ट्रपति साई इङ–वेनले संयुक्त राज्य अमेरिकामा सांसदहरूसँग गरेको भेटपछि आफ्नो पछिल्लो शक्ति प्रदर्शनमा ताइवान वरपर सैन्य अभ्यास सम्पन्न गरेको थियो ।
त्यसको एक दिनपछि ब्लिन्केन र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले वासिङ्टनमा फिलिपिन्सका आफ्ना समकक्षीसँग दुर्लभ संयुक्त वार्ता गर्नुभएको थियो ।
पूर्वी एसियाका लागि उच्च अमेरिकी कूटनीतिज्ञ तथा हनोईका लागि पूर्व राजदूत डेनियल क्रिटेनब्रिङ्कले हालै वासिङ्टन र हनोईबीच ‘इन्डो–प्यासिफिकमा लगभग पूर्ण तवरले तालमेल भएको’ बताउनुभएको थियो ।
विदेशमन्त्रीका रूपमा ब्लिन्केनको यो पहिलो भियतनाम भ्रमण हुनेछ । उपराष्ट्रपति कमला ह्यारिसले यसअघि नै भियतनामको भ्रमण गरिसक्नुभएको छ ।
ट्रोङ र प्रधानमन्त्री फाम मिन्ह चिनसँगको भेटघाटका साथै ब्लिन्केनले हनोईमा नयाँ अमेरिकी दूतावासको शिलान्यास समारोहमा भाग लिनुहुनेछ र भियतनामको स्वच्छ ऊर्जामा आएको सङ्क्रमणकालबारे छलफल गर्नुहुनेछ । रासस