टर्कीमा फेरि गयो अर्को शक्तिशालि भूकम्प
९ फागुन २०७९, मङ्गलवार
काठमाडौं । विकासोन्मुख देशहरूसँगको सम्बन्धलाई बलियो बनाउनु पर्ने जी ७ राष्ट्रका विदेशमन्त्रीहरूले जोड दिएका छन् । जापानको केन्द्रीय रिसोर्ट शहर कारुइजावामा जी ७ राष्ट्रका विदेशमन्त्रीहरूले सोमबार दोस्रो दिन पनि सो बारेमा थप वार्ता जारी राखेका छन्। जापानी विदेशमन्त्री योशिमासा हयाशीले भेलालाई सम्बोधन गर्दै विकासोन्मुख देशहरूले विभिन्न समस्याहरूको सामना गरिरहेको र ती समस्याहरू समाधान गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । हयाशी र उनका समकक्षीहरू तीन दिने बैठकको लागि आइतबार दिउँसो कारुइजावा आइपुगेका हुन् ।
जी ७ शिखर सम्मेलन आगामी मे महिनामा जापानी शहर हिरोशिमामा हुँदैछ। रासस