अक्सिजनको मात्रा कम भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना

अक्सिजनको मात्रा कम भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना गरिएको छ । आज बिहान अक्सिजनको मात्र कम भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको उनको सचिवालय जानकारी दिएको छ ।

स्वास्थ्य अवस्था जटिल भए उपचारका लागि बाहिर लैजाने कुरा भए पनि राष्ट्रपति पौडेलले नमानिरहेको स्रोतले बताएको छ । राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएपछि पाँच दिन अघि मात्र शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । हिजो (आइतबार) पनि फलोअपका लागि राष्ट्रपति पौडेल बिहान अस्पताल पुगेका थिए ।

खबरपाटी
खबरपाटी