युक्रेनका राष्ट्रपति जेलेन्स्की फ्रन्टलाइन युक्रेन सहर अवडिभकाको भ्रमणमा

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मङ्गलबार देशको पूर्वमा रहेको एवडिभकाको  युद्धग्रस्त सहरको भ्रमण गर्नुभएको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्की फ्रन्टलाइन युक्रेन सहर अवडिभकाको भ्रमणमा

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मङ्गलबार देशको पूर्वमा रहेको एवडिभकाको  युद्धग्रस्त सहरको भ्रमण गर्नुभएको छ । 

जेलेन्स्कीले रुसले कब्जा गरेको डोनेट्स्क सहर नजिकैको सहरमा “उन्नत स्थानहरू” को भ्रमण गरी सेनाहरूलाई ओर्थोडक्स इस्टरको शुभकामना दिएको राष्ट्रपति सम्बद्ध वेबसाइटले जनाएको छ । 

जेलेन्स्कीलाई परम्परागत इस्टर केकहरू राखिएको टेबुलमा सैनिकहरूसँग बसेको चित्र  पोस्ट गरिएको छ । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार दुई फ्रन्टलाइन क्षेत्रहरूको भ्रमण गरेको क्रेमलिनले बताएको केही घण्टापछि युक्रेनका तर्फबाट सो भ्रमणको घोषणा गरिएको थियो । रासस

खबरपाटी
खबरपाटी