स्पेनका निर्वासित पूर्वराजा दोस्रो पटक स्वदेश भ्रमणमा

स्पेनका पूर्वराजा जुआन कार्लोस सन् २०२० मा अबुधाबी बसाइँ सरेपछि दोस्रो पटक बुधबार स्वदेश फर्किनुभएको छ ।

स्पेनका निर्वासित पूर्वराजा दोस्रो पटक स्वदेश भ्रमणमा

काठमाडौं ।  स्पेनका पूर्वराजा जुआन कार्लोस सन् २०२० मा अबुधाबी बसाइँ सरेपछि दोस्रो पटक बुधबार स्वदेश फर्किनुभएको छ । 

च्याम्पियन्स लिगमा चेल्सीविरुद्ध रियल मड्रिडको २–० को जितमा सहभागी हुन उहाँ लण्डनबाट निजी विमानमा उत्तरपश्चिमी स्पेनको भिगो आइपुग्नुभएको हो । 

संयुक्त अरब इमिरेट्स ९युएई० मा स्वनिर्वासित जीवन बिताएपछि स्पेन फर्कने पहिलो यात्राका क्रममा सन् २०२२ को मे महिनामा उहाँ नजिकैको सान्जेनक्सो रिसोर्टमा बस्नुभएको थियो । 

शाही दरबार र स्पेनको बामपन्थी सरकारले भ्रमणबारे कुनै टिप्पणी गरेनन् भने सरकारका प्रवक्ता इसाबेल रोड्रिग्वेजले ‘यस विषयमा आफूले केही भन्नु नभएको’ बताउनुभएको छ । 
“यो पूर्वराजाको व्यक्तिगत निर्णय हो,” उहाँले भन्नुभयो ।
 
गत वर्षको भ्रमणमा विशेष गरी बामपन्थी दलहरूले उहाँले २०१४ मा गरेको निर्णय आफ्नो छोरा फिलिपको पक्षम भएको प्रचार गरेका थिए । एक टेलिभिजन पत्रकारले आफ्नो व्यवहारको व्याख्या गर्ने कि नगर्ने भनेर सोध्दा उहाँले के को लागि स्पष्टीकरण दिने भनेर प्रतिप्रश्न गर्नुभएको थियो । 

पूर्वराजा यसपटक अझ बढी विवेकशील हुने अपेक्षा गरिएको छ । 

मार्च २०२२ मा स्पेनी अभियोजकहरूले अनियमितताहरू फेला परेको बताए पनि अपर्याप्त प्रमाण र सीमितताको कानूनको कारण उहाँको वित्तीय अनियमिततासम्बनधी तीन वटा अनुसन्धान बन्द गरेका छन् ।
 
सन् १९७५ मा लामो समयदेखि तानाशाह जनरल फ्रान्सिस्को फ्रान्कोको मृत्युपछि स्पेनको प्रजातन्त्रमा रूपान्तरणमा उहाँको भूमिकाका लागि सम्मानित उहाँको भाग्यमा अस्पष्ट आरोप (खुलासा) ले अपूरणीय क्षति पुर्‍याएको छ ।

खबरपाटी
खबरपाटी