पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था चुस्तदुरुस्त राख्न मन्त्री रिजालको निर्देशन

पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था चुस्तदुरुस्त राख्न मन्त्री रिजालको निर्देशन

पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था चुस्तदुरुस्त राख्न मन्त्री रिजालको निर्देशन

बारा । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था चुस्तदुरुस्त राख्न निर्देशन दिएका छन् ।

बुधबार साझ अमलेखगञ्ज स्थित नेपाल आयल निगमको भण्डारण डिपो अनुगमन गर्दै मन्त्री रिजालले भण्डारण तथा ईन्धन ढुवानीमा सम्बेदनशिल हुनुपर्ने बताए  । 

पेट्रोलियम पदार्थ तथा भण्डारणमा आईपर्न सक्ने भावि समस्या आउनै नदिने तर्फ सचेत रहि सोहि अनुरुप अगाडी बढ्नु पर्ने बताउदै मन्त्री रिजालले अहिले पनि केहि समस्या देखिएको भए तत्काल समाधान गर्न निर्देशन दिएका छन् । 

अनुगमनको क्रममा डिपोको कर्मचारीहरुले मोतिहरी अमलेखगञ्ज पाइप लाइन र अन्य अवस्था बारे मन्त्री रिजाललाई प्रकाश पारेका थिए ।

खबरपाटी
खबरपाटी