सुडानमा गोली चल्दा संयुक्त राष्ट्रसङ्घका थप एक मानवीय सहायताकर्मीको मृत्यु

संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायले दक्षिणी सुडानमा शुक्रबार भएको भिडन्तमा एक कर्मचारीको मृत्यु भएको जनाएको छ ।

सुडानमा गोली चल्दा संयुक्त राष्ट्रसङ्घका थप एक मानवीय सहायताकर्मीको मृत्यु

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायले दक्षिणी सुडानमा शुक्रबार भएको भिडन्तमा एक कर्मचारीको मृत्यु भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आइओएम० मा कार्यरत ती मानवीय सहायताकर्मी सुडानमा शनिबार भएको द्वन्द्वपछि मारिएका संयुक्त राष्ट्रसङ्घका चौथो कर्मचारी हुन् ।

पूर्वी सुडानको उत्तरी डार्फर क्षेत्रमा विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० का तीन जना कर्मचारीको हत्या भएको छ ।

आईओएमका महानिर्देशक एन्टोनियो भिटोरिनोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एल ओबेदको दक्षिणमा आफ्नो परिवारसँग यात्रा गरिरहेको एक गाडी दुई द्वन्द्वरत पक्षबीच भएको भिडन्तमा फसेपछि आईओएम सुडानका एक समर्पित कर्मचारीको आज बिहान मृत्यु भएको पुष्टि गरिएको छ ।”  

“म हाम्रा मानवतावादी सहकर्मीको मृत्युको खबरले निकै दुःखी भएको छ । उहाँकी पत्नी, नवजात शिशु र सुडानमा कार्यरत हाम्रो टोली शोकमा डुबेको छु ।”

आइओएमका प्रवक्ताले एएफपीलाई दिएको जानकारीअनुसार ती व्यक्ति ४९ वर्षीय सुडानी नागरिक थिए र उनी निजी गाडीमा सवार थिए ।

भिटोरिनोले कर्मचारीको सुरक्षा आफ्नो उच्च प्राथमिकता भएको र संयुक्त राष्ट्रसङ्घका अन्य निकायसँग मिलेर उनीहरूको सुरक्षा प्रतिक्रिया अद्यावधिक गर्ने बताउनुभयो । 

विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले गत शुक्रबार दिएको जानकारीअनुसार शनिबारदेखि सुरु भएको झडपमा ४१३ जनाको मृत्यु भएको छ भने तीन हजार ५५१ जना घाइते भएका छन् ।

सुडानका सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र उहाँका सहयोगी मोहम्मद हमदान डग्लोबीच शक्तिशाली अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेज ९आरएसएफ० का कमाण्डर मोहम्मद हमदान डग्लोबीच झडप भएको हो ।

भिटोरिनोले भन्नुभयोे, “शनिबार नर्थ डार्फरमा डब्लुएफपीका तीन जना कर्मचारीको ज्यान जाने गरी भएको मानवीय सहायतासहित सर्वसाधारणको मूर्खतापूर्ण मृत्युअन्त्य हुनुपर्छ र शान्ति बहाली गरिनुपर्छ ।”

“हिंसाको पछिल्लो प्रकोपले आईओएमलाई सुडानमा आफ्नो मानवीय कार्यहरू स्थगित गर्न बाध्य बनाएको छ । सबै पक्षहरूले मानवतावादीहरूको सुरक्षा सुनिश्चित गर्नुपर्दछ र उनीहरूको असीमित पहुँचलाई सबैभन्दा कमजोरहरूलाई सहयोग गर्न सक्षम हुन अनुमति दिनुपर्दछ ।”

भिटोरिनोले सुडानभित्र अनुमानित ३७ लाख मानिस आन्तरिक रूपमा विस्थापित भएको र हिंसाको पछिल्लो प्रकोप सुरु हुनुअघि एक करोड ५८ लाख मानिसलाई मानवीय सहायताको खाँचो रहेको उल्लेख गर्नुभएको छ ।  रासस

खबरपाटी
खबरपाटी