जैविक विविधता संरक्षणमा राष्ट्रसंघ महासचिवको विशेष आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार अन्तरराष्ट्रिय समुदायलाई गहिरो, छिटो उत्सर्जन कटौतीको साथ जलवायु कार्यलाई तीव्रता दिन आह्वान गर्नुभएको छ।

जैविक विविधता संरक्षणमा राष्ट्रसंघ महासचिवको विशेष आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शनिबार अन्तरराष्ट्रिय समुदायलाई गहिरो, छिटो उत्सर्जन कटौतीको साथ जलवायु कार्यलाई तीव्रता दिन आह्वान गर्नुभएको छ।
‘विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न हामीलाई गहिरो, छिटो उत्सर्जन कटौतीको साथ द्रुत जलवायु कार्य  आवश्यक छ’  महासचिवले अन्तरराष्ट्रिय मातृ पृथ्वी दिवसका सन्दर्भमा आयोजित सन्देशमा  उल्लेख गर्नु भएको छ ।  
ूहाम्रा कार्यहरूले जङ्गल, खेतबारी, सिमसार क्षेत्र, महासागर, चट्टान, नदी, समुद्र र तालहरू बर्बाद गर्दैछन्ू संयुक्त राष्ट्रसंघ प्रमुखले सबै देशहरूलाई मानवताको सबैभन्दा महत्त्वपूर्ण सम्बन्धमा चिन्तन गर्न आग्रह गर्दै हाम्रो प्राकृतिक संसार र भौतिक संसारका बीच तालमेल हुनुपर्ने कुरामा जोड दिनु भएको छ ।   उहाँले जैवविविधताकको संरक्षणमा जोड दिदै  हावा, पानी, माटो लगायत सबै प्राकृतिक वस्तुहरूको संरक्षणमा  ध्यान दिन विशेष आग्रह गर्नु भएको छ ।  ‘प्राकृतिक  र जैविक विविधता नष्ट हुँदै छ, लाखौं, जीव र प्रजातिहरू विलोप हुने सङ्घारमा छन्  त्यसैले  यसको संरक्षणमा विशेष  कार्ययोजनाको आवश्यकता माथि महासचिवले  सबै सरोकारवालाको ध्यानाकर्षण गराउँनु भएको छ ।  महासचिवले अन्तरराष्ट्रिय समुदायसँग उपकरण, ज्ञान र समाधानहरू  भएको तर त्यसको व्यावहारिक प्रयोगमा तीव्रता दिनुपर्ने उहाँको धारणा छ ।  महासागर र नदीदेखि जङ्गल र चरासम्म स्वस्थ पर्यावरण पनि जलवायु परिवर्तन विरुद्धको लडाइमा महर्त्वपूर्ण रहेको गुटेरेसले उल्लेख गर्नु भएको छ  
‘सन् २०३० सम्ममा पृथ्वीको ३० प्रतिशत जमिन र पानी सुरक्षित हुने सुनिश्चित गर्न ऐतिहासिक संयुक्त राष्ट्रसंघ जैविक विविधता सम्झौता कार्यान्वयन गर्नका निम्ति कार्य गरौं’ उहाँले भन्नुभयो।  महासविवले सरकारहरूलाई ‘हरेक पाइलामाू बाटोको नेतृत्व गर्न आग्रह गर्दै त्यसमा संस्था र नागरिक समाजको पनि महत्त्वपूर्ण भूमिका रहेको बताउँनु भएको छ ।  गुटेरेसले ‘समयानुकूल बुद्धि, ज्ञान र आदिवासी जनजातिहरूको नेतृत्वबाट केहीकुरा सिक्न आग्रह गर्नु भएको छ । ‘यस पृथ्वी दिवसका सन्दर्भमा म सबै ठाउँका मानिसहरूलाई आ-आफ्नो ठाउँबाट शान्त र समृद्ध विश्व निर्माण गर्न आवाज उठाउँन आग्रह गर्दछु ‘ महासचिवले भन्नुभयो। रासस

खबरपाटी
खबरपाटी