काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ९ महिना नेपालले ६६ करोड ३९ लाख ६३ हजार रुपैयाँ बराबरको स्यानीट्यारी प्याड आयात गरेको छ । ६६ करोडको लागत मूल्यमा आयात गरिएको उक्त स्यानीट्यारी प्याड वापत नेपाल सरकारले ९ करोड ९५ लाख ४ हजार रुपैयाँ आयात राजश्व संकलन गरेको छ । यस्तै २३ लाख बराबरको बच्चालाई प्रयोग हुने न्यप्किन्स आयात हुँदा १ अर्ब ५४ करोड९७ लाख ६४ हजार रुपैयाँ बराबरको ड्यापर आयात भएको छ । डाइपर आयात वापत नेपाल सरकारले ४५ करोड ७० लाख ११ हजार रुपैयाँ राजश्व संकलन गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको ९ महिनामा नेपालले १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेकोमा उक्त आयात चालु आर्थिक वर्षको चैत्त मसान्तसम्म १८ दशमलव ०८ प्रतिशतले घटेर १२ खर्ब १ अर्ब ५० करोड ८९ लाखमा खुम्चिएको छ ।
लयमा रहेको निर्यातमा पनि कमी आएको छ । गत वर्षको ९ महिनामा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक वर्षको ९ महिनामा २६ दशमलव ३४ प्रतिशतले घटेर उक्त रकम १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँमा सिमित भएको छ ।
आयात निर्यातको अनुपातमा ९ महिनामा नेपालको व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाखमा सिमित भएको छ ।