विश्व बैंकद्वारा बङ्गलादेशका लागि एक अर्ब पच्चीस करोड डलर सहयोग स्वीकृत

विश्व बैंकले सन् २०२३ देखि २०२७ सम्मका लागि बङ्गलादेशका लागि तीन वटा नयाँ परियोजनामा १।२५ अर्ब अमेरिकी डलर बराबरको वित्तीय सहयोग स्वीकृत गरेको छ ।

विश्व बैंकद्वारा बङ्गलादेशका लागि एक अर्ब पच्चीस करोड डलर सहयोग स्वीकृत

काठमाडौं ।  विश्व बैंकले सन् २०२३ देखि २०२७ सम्मका लागि बङ्गलादेशका लागि तीन वटा नयाँ परियोजनामा १।२५ अर्ब अमेरिकी डलर बराबरको वित्तीय सहयोग स्वीकृत गरेको छ ।

बैंकले पोषण, उद्यमशीलता र उत्थानशीलताका लागि कृषि तथा ग्रामीण रूपान्तरण कार्यक्रम ९पार्टनर० नामक परियोजनाका लागि ५० करोड रुपैयाँ उपलब्ध गराउने जनाएको हो ।

बैङ्कले अन्य ५० करोड हरित र जलवायु उत्थानशील विकास ऋणको रूपमा पठाउने जनाएको छ । 

सहयोगले लघु उद्यम क्षेत्रलाई अधिक गतिशील, कम–प्रदूषणकारी, संसाधन–कुशल र जलवायु प्रभावित क्षेत्रका लागि मद्दत गर्न लघु उद्यममा एक परियोजनाको लागि दुई बरोड ५० लाख स्वीकृत गरेको छ ।

“यो कन्ट्री पार्टनरशिप फ्रेमवर्क (सीपीएफ) विश्व बैंक समूह र बङ्गलादेशबीचको पाँच दशक लामो बलियो साझेदारीमा आधारित छ,” बङ्गलादेश र भुटानका लागि विश्व बैंकका क्षेत्रीय निर्देशक अब्दुलाय सेकले भन्नुभयो । 

“बङ्गलादेशले अझ बढी समृद्ध बन्ने लक्ष्य लिएकाले उच्च मध्यम आय भएको देशको आवश्यकता पूरा गर्नका लागि बलियो संस्था र नीतिको आवश्यकता पर्नेछ ।
 सीपीएफले रोजगारी प्रदान गर्न र समावेशीकरण र लचिलोपनलाई समर्थन गर्न सरकारको सुधार कार्यक्रमहरूलाई समर्थन गर्नेछ,” सेकले भन्नुभयो । 

“बङ्गलादेश विश्वको उत्कृष्ट विकास वृद्धिको कथामध्ये एक हो । थप विविध र प्रतिस्पर्धी निजी क्षेत्रको विकासलाई गति दिन थप सुधारले निर्यात बढाउनेछ र गुणस्तरीय रोजगारी सिर्जना गर्नेछ,” बङ्गलादेश, नेपाल र भुटानका लागि अन्तर्राष्ट्रिय वित्त निगमका कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले भन्नुभयो ।  रासस

खबरपाटी
खबरपाटी